भिसिटिएस प्रणाली लागू भएपछि व्यवसायीलाई सुशासन कायम गर्न दवाव
काठमाडौं । गएको साता भारतबाट झण्डै १० हजार किलो चिनी भन्सार छलेर काठमाडौँ आइपुग्यो ।
राजश्व अनुसन्धान विभागको मालवस्तु ढुवानीमा प्रयोग गरेको डिजिटल अनुगमन प्रणाली (सूचना प्रणाली) मार्फत अनुसन्धान गर्दा उक्त चिनी आयातको स्रोत फेला परेन ।
चिनी आयातकर्ताले भारतबाट रातारात तस्करी गरेर चिनी नेपाल भित्र्याई नक्कली कागजात बनाएर विभागको सूचना प्रणालीमा प्रविष्ट गराएर काठमाडौँ ल्याएका थिए । काठमाडौँ आएपछि उनलाई अब त राजश्व अनुसन्धान विभागको कारवाहीबाट बचियो भन्ने लागेको थियो होला । तर उनको अनुमानले काम गरेन । अन्तत उनको कैफियत विभागले प्रयोग गरेको सूचना प्रणालीमार्फत पत्ता लाग्यो ।
