ईरानमा महिलाको मृत्युपछि शवलाई पुनः दिइयो मृत्युदण्ड
इरानमा मृत्युदण्डको प्रतीक्षा गरिरहेकी महिला जहरा इस्माइलीको हृदयघातका कारण मृत्यु भएपछि उनको शवलाई फाँसी दिइएको छ ।
इरानमा शरिया कानूनलाई पालना गर्दै शवलाई फाँसी दिइएको हो । मृत्युदण्ड दिने बेला महिला उभिएको कुर्सी हटाउने अधिकार पीडितकी आमालाई दिइएको थियो । यही अधिकार सदुपयोग गर्नका लागि उनलाई फाँसी दिइएको वकिलले दाबी गरे ।
दोषीका वकिल ओमिद मुरादीका अनुसार जहरालाई कुनै पनि मूल्यमा फाँसी दिनु पर्दथ्यो किनभने उनकी सासु मृत्युको कुर्सी हटाउने अधिकार प्रयोग गर्न चाहन्थिन्
