नेपालमा चार लाख बढीले कोरोना विरुद्धको खोप लगाए
स्वास्थ्य सेवा विभागले नेपालमा कोरोना विरुद्धको खोप लगाएकाहरुको विवरण सार्वजनिक गरेको छ ।
पहिलो प्राथमिकताको दोस्रो चरणमा खोप लगाउने संख्या चार लाख २९ हजार सात सय पाँच जनालाई खोप लगाईएको विभागले जनाएको छ।
विभागले पहिलो प्राथमिकताको पहिलो चरण माघ १४ देखि २४ गतेसम्म खोप कार्यक्रम गरेको थियो । जसमा एक सय ८६ खोप केन्द्र मार्फत एक लाख ८५ हजार आठ सय ६५ जनाले खोप लगाएका थिए ।
त्यस्तै पहिलो प्राथमिकताको पहिलो चरणमा थप गरिएको (काठमाडौं उपत्यकाभित्रमात्र) कुटनीतिक नियोग, संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारलाई माघ २६ देखि ३० गतेसम्म खोप लगाइएको थियो ।
