भारतमा भन्दा नेपालमा डिजेल २७ रुपैयाँ सस्तो
काठमाडौं । नेपालबाट भारतमा पेट्रोलियम पदार्थको तस्करी बढेको छ । भारतमा पेट्रोलियम पदार्थमा भएको लगातारको मूल्यवृद्धिसँगैं नेपालमा तस्करी बढेको हो ।
नेपालबाट भारतीय सीमा नाकाका मानिसहरु आएर ड्रमका ड्रम तेल भारत लाने गर्दछन् । खुल्ला सीमाका कारण नेपालबाट पेट्रोलियम पदार्थ विना रोकतोक जर्किन, ड्रममा भरेर भारत लाने गरेको पाइएको हो । सडकमार्गबाट पनि ट्याङ्कर तथा ट्रकमा पेट्रोल तथा डिजेल भरेर लाने गर्दछन् ।
वीरगञ्जबाट पेट्रोल लिएर भारतको विहारतर्फ जाँदै गरेका तीन विहारीलाई नेपाल प्रहरीले बिहीबार पक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट १३ सय ६० लिटर पेट्रोलसमेत बरामद गरेको छ ।
