खशोगी: जरुरी वार्ताका लागि अमेरिकी विदेशमन्त्री साउदीतर्फ

0

साउदी पत्रकार जमाल खशोगी बेपत्ता भएका घटनाका सम्बन्धमा साउदी राजा सलमानसंग जरुरी वार्ता गर्नका लागि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओलाई साउदी अरेबियातर्फ पठाइएको छ।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजा सलमानसंग टेलिफोन वार्ता गरेपछि तुरुन्तै साउदी अरेबियातर्फ जान विदेशमन्त्री पोम्पेओलाई निर्देशन दिएका थिए।

राष्ट्रपति ट्रम्पले आफूलाई राजा सलमानले ति पत्रकारका सम्बन्धमा के भएको हो भन्नेबारे आफूसंग कुनै जानकारी नभएको बताएका जनाएका छन्।




राष्ट्रपति ट्रम्पका अनुसार ति पत्रकार बेपत्ता हुनुको पछाडि “छाडा हत्याराहरू” जिम्मेवार रहेको हुनसक्छन्। (बिबिसी)



सम्बन्धित
Loading...