आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक, ३ दिनपछि युवतीलाई प्रहरीले भेट्टायो
काठमाडौं । काठमाडौंको गोठाटार बस्ने २४ वर्षीया विद्या तिमल्सिना सोमबारबाट घरमा आइनन् ।
बुधबार (फागुन १२)मा परिवारकै एक सदस्यको मोबाइलमा धम्कीपूर्ण म्यासेज आयो । बुहारीको नम्बरमा आएको म्यासेज यस्तो थियो–‘तिमीहरुलाई यो केटी चाहिन्छ भने पुलिसलाई नभन बुझिस् । ५ लाख लिएर आउनु, छोरी मसँग झापामा छ ।’
म्यासेज विद्याकै नम्बरबाट गरिएको थियो । फिरौती मागेर धम्कीपूर्ण म्यासेज आएपछि परिवार प्रहरीकहाँ पुगे । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोली उनको खोजीमा लाग्यो ।
