भागरथी हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा
घटना अनुसन्धानमा उनले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रधान कार्यालयले उनीहरूलाई बुधबार बढुवाको निर्णय गरेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए।
दुबै जना सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत् छन्।
भागरथी घटनाको अनुसन्धानमा संलग्न अन्य पाँच जना प्रहरीहरू पनि पुरस्कृत भएका छन्।
पुरस्कृत हुनेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरबन्दी भएका प्रहरी नायब निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरबन्दी रहेका प्रहरी जवान अशोक बहादुर कुँवर छन्।
