वैदेशिक रोजगारीमा जानेका लागि एनसेलले ल्यायो ‘सहयात्री सिम’
वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका एनसेल आजियाटाले विशेष योजना ल्याएको छ ।
एनसेलले उनीहरूका लागि विशेष योजना ‘सहयात्री सिम’ ल्याएको हो । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ सेवा यो सिमको मुख्य विशेषता हुन् ।
यो सिम योजना फागुन १४ गतेबाट सञ्चालनमा आएको छ । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको हो । यो अभियानले भविष्यको पुनः कल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गरेको छ ।
यस सिममा समेटिएका सबै अफर तथा सुविधा विदेश जाने सोच बनाएका व्यक्तिको यात्रालाई सहज बनाउने र विदेशमा रहेका परिवारका सदस्यसँग सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने किसिमका छन् ।
