सशस्त्र द्वन्द्व अन्त्य भएको १४ वर्षसम्म पनि न्याय पाएनन् पीडितले


तत्कालीन माओवादी र नेपाली सेनाबीचको सशस्त्र द्वन्द्व अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष बितेको छ । विसं २०६३ मा विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको घोषणा त भयो ।



दश वर्षसम्म चलेको द्वन्द्वमा जबर्जस्ती बेपत्ता, यातना, बलात्कार तथा गैरन्यायिक हत्याका पीडितले अझै न्याय पाएका छैनन् । लामो समयसम्म न्याय नपाउँदा पीडित र तिनका परिवार निराश छन् ।




तत्कालीन माओवादी पक्षको कुटपिटबाट घाइते बनेका बाँकेको राप्तीसोनारी गाउँपालिकाका रामरतन चौधरी राम्रोसँग हिँड्न सक्नुहुन्न । विसं २०५७ फागुन ३ गते कुटपिटपश्चात मरेको ठानेर उहाँलाई जङ्गलमा फालिएको थियो । परिवारले अचेत अवस्थामा फेला पारेपछि लामो समय उपचार गरेर वैशाखीको सहारामा हिँड्डुल गर्न सक्ने भएका चौधरीका बुवा हिरामणि चौधरीलाई पनि तत्कालीन विद्रोहीले हत्या गरे ।



सम्बन्धित
Loading...