आधुनिक गणितको सुरुवात एउटा विलुप्त इस्लामिक पुस्तकालयबाट कसरी भयो


द हाउस अफ विज्डम (बेयत अल-हिकमाह) नामक प्राचीन पुस्तकालयको भग्नावशेष उपलब्ध छैन। तेह्रौँ शताब्दीमा ध्वस्त पारिएको भनिएको यो पुस्तकालय ठ्याक्कै कहाँ पर्थ्यो वा कस्तो देखिन्थ्यो हामीलाई थाहा छैन।



तर यो प्रतिष्ठित पुस्तकालय इस्लामिक स्वर्ण युगको समयमा बग्दादको महत्त्वपूर्ण बौद्धिक पाठशाला थियो र यहाँ नै हाम्रो आधुनिक समयको अरेबिक सङ्ख्या सहितका रूपान्तरणकारी हिसाबका सिद्धान्तहरूको जन्म भएको थियो।

खलिफा हारुन अल-राशिदको निजी सङ्कलनका रूपमा आठौँ शताब्दीको अन्त्यतिर स्थापना गरिएको यो पुस्तकालयलाई त्यसको ३० वर्षपछि सार्वजनिक पुस्तकालयमा परिणत गरिएको थियो।



सम्बन्धित
Loading...