रजहरमा कार दुर्घटनामा कृषि सामग्री संस्थान नवलपुरका प्रमुख लम्साल घाइते


नवलपुर (रजहर) । नवलपुरको देवचुली नगरपालिका १६ रजहरमा बिहिबार कारले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाइते भएका छन ।
इलाका प्रहरी कार्यालय रजहरले दिएको जानकारी अनुसार विहान साढे ११ बजेतिर पूर्व जादै गरेको लु १ म १६९ नम्बरको कृषि सामाग्री संस्थान कावासोतीको मोटरसाईकललाई पूर्वबाट पश्चिम आउदै गरेको बा १६ च ४८६७ नम्बरको कारले ठक्कर दिदा मोटरसाइकल चालक कावासोती–८ निवासी रेवती रमण लम्साल घाइते भएका हुन् ।
लम्सालको भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । लम्साल कृषि सामग्री संस्थान नवलपुरका प्रमुख हुन् ।



सम्बन्धित
Loading...