अभिनेत्री स्वस्तिमाले गरिन् दक्षिण भारतीय फिल्म ‘थिरिमाली’ खेल्ने सम्झौता


अभिनेत्री स्वस्तिमा खड्का दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा अभिनय गर्ने निश्चित भएको छ। उनले गत बिहिबार आफूले फिल्म निर्माण पक्षसँग सम्झौैता गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन्।



थिरिमाली दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज र नेपालको तर्फबाट अनन्या फिल्म्सद्वारा निर्माण हुनेछ। राजीव सेट्ठीले निर्देशन गर्ने यो फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मालगायत कलाकारको अभिनय छ।




फिल्ममा स्वस्तिमासँगै नेपाली कलाकार माओत्से गुरुङको पनि अभिनय रहने बताइएको छ।



सम्बन्धित
Loading...