वनभोजका क्रममा छात्रामाथि यौन दुर्व्यहार, शिक्षक पक्राउ


अछामको साँफेबगर नगरपालिकामा शनिबार वनभोज गएका बेला शिक्षकले छात्रामाथि यौन दुर्व्यहार गरेको आरोप लागेको छ ।



 

 

शनिबार जिल्लाको पर्यटकीय क्षेत्र नैनीमा वनभोज गएका बेला साँफेबगर नगरपालिकाको वडा नम्बर १३ बाब्लामा मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक देवेन्द्र बहादुर कुँवरले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो ।

यौन दुर्व्यवहारको आरोप लागेपछि शिक्षक कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

छात्राका अभिभावकसँग र गाउँका अन्य व्यक्तिसँग पनि घटनाको बारेमा सोधपुछको भइरहेको प्रहरीले बताएको छ।

विद्यार्थीहरुले घटनाको निष्पक्ष छानविनको माग गर्दै विद्यालयमा तालाबन्दी समेत गरेका छन्।



सम्बन्धित
Loading...