कर्णालीका प्रहरी भवन बनाउन प्रदेश सरकारले दियो १२ करोड
कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका जिल्ला प्रहरी कार्यालयका भवन निर्माणका लागि १२ करोड ५९ लाख २ हजार ९७८ रुपैयाँ हस्तान्तरण गर्ने भएको छ।
माघ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले भवन संरचना निर्माण पूरा गर्नका लागि जिल्ला प्रहरी कार्यालयले निकासा गर्न मिल्नेगरी रकम हस्तान्तरण गर्ने निर्णय गरेको हो।
कुल रकममध्ये ७ करोड रुपैयाँ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विनियोजित रकमबाट ब्यहोर्ने र ५ करोड ५९ लाख २ हजार ९७८ रुपैयाँ आर्थिक मामिला मन्त्रालयबाट निकासा गर्न मिल्नेगरी अख्तियारी दिइएको हो।
