प्रहरीको साईबर ब्यूरो पेज चलाउने युवा पक्राउ
नेपाल प्रहरीको नक्कली साईबर ब्यूरो पेज खोली चलाउने युवालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएको अभियोगमा कपिलबस्तु वाणगंगा नगरपालिका २ घर भई हाल रुपन्देही सैनामैना नगरपालिका ६ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
ती किशोरले नक्कली फेसबुक पेजको म्यासेन्जरबाट आम सर्वसाधारणसँग प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो, भोटाहिटी काठमाडौंबाट प्रहरीले कुरा गरेको जस्तो भान पार्ने र आपराधिक लाभ समेत असुल गर्ने नियतका साथ प्रहरीको छविलाई वदनाम गर्ने र संगठनप्रति आस्थावान आम नागरिकहरुलाई भ्रमित पारी आपराधिक कार्य गर्ने गरी विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीले जनाएको छ ।
