गुल्मीमा बेपत्ता बुहारीको शव घर नजिकै फेला
गुल्मी । माघ १९ गते रातीदेखि बेपत्ता गुल्मी भाडगाउँकी २१ वर्षीया सम्झना बोहराको शव फेला परेको छ । खत्रीको शव घर नजिकै सडेगलेको अवस्थामा शव फेला परेको हो ।
‘बिहान रुखबाट घाँस झार्न लागेको थिए, त्यसबेला गन्हायो, त्यसपछि शंका लागेर जनप्रतिनिधिहरूलाई फोन गरे । उनीहरुले प्रहरीलाई फोन गरेर बोलाएपछि प्रहरीले हेर्दा शव फेला रहेछ’ छिमेकी लालबहादुर खत्रीले भने ।
घरनजिकै सय मिटर अगाडि झाडीमा टाउको बोरामा राखेको र स्याउलाले ढाकेको अवस्थामा शव फेला परेको छ ।शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ ।
शवको पहिचान हुन बाँकी रहे पनि बेपत्ता सम्झनाको हुनसक्ने प्रहरीको अनुमान छ । बुहारी बेपत्ता भएको दुई दिनपछि सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
