विप्लवले हतियारधारी सेना निर्माण गर्न नसक्दा….


भूमिगत रहेको नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द विप्लव) समुहले हतियार सहितको जनमुक्ति सेना निर्माण गर्न नसकेको बुझिएको छ ।



प्रहरीले नेताहरुबाट वरामत गरेको टिपोर्ट डाइरीका अनुसार आफुहरुले सेना निर्माण गर्न नसक्दा गतिविधि कम्जोर बनेको उल्लेख गरेका छन् ।




विप्लव समूहको पार्टीले लिएको विभिन्न नीति तथा उद्देश्य पुरा गर्न विभिन्न संगठनको विस्तार गरे पनि मुख्य संगठनको रुपमा लिईने जन मुकि्त सेनाको गठन गर्न भने नसकिएको पाईएको छ ।

पार्टीका केन्द्रीय नेता तथा सचिवालय सदस्य हेमन्त प्रकाश ओली (सुदर्शन) को डायरीमा यस्तो कुरा उल्लेख भएको पाईएको हो ।



सम्बन्धित
Loading...