तनहुँ कारागारमा कैदीबन्दीबीच झडप, ५ घाइते
जिल्ला प्रशासन कार्यालय तनहुँले कारागार कार्यालयको अध्ययनका लागि छानबिन समिति गठन गरेको छ ।
कारागारका कैदीबन्दीबीच आइतबार झडप भएपछि प्रशासन कार्यालयले कारागारको विविध पक्षको अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
प्रशासन कार्यालयले आज प्रेस विज्ञप्तिमार्फत तीन सदस्यीय छानबिन टोली गठन गरिएको जानकारी दिएको छ । विवादित र झगडामा संलग्न कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको र हाल कारागारको सम्पूर्ण स्थिति सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए।
“घटना सम्बन्धमा कारागारभित्रका विविध पक्षको अध्ययन, छानबिन गरी आवश्यक सुझावसहितको प्रतिवेदन पेश गर्न समिति गठन गरिएको छ”, बरालले भने।
