प्रचण्डविरुद्ध कैलालीमा प्रदर्शन


कैलालीमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध प्रदर्शन गरिएको छ।



केही दिनअघि एक टेलिभिजन कार्यक्रमको अन्तरवार्तामा प्रचण्डले दिएको अभिव्यक्तिको विषयलाई लिएर जिल्लाको घोडाघोडी नगरपालिका-१ सुख्खडका विद्यार्थी आन्दोलित भएका हुन्।




अध्यक्ष प्रचण्डले अन्तरवार्तामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र आफूहरू मिलेर सरकार बनाउँदा भारतलाई सहज हुने आशय व्यक्त गरेका थिए। सोही अभिव्यक्तिलाईए लिएर विद्यार्थीहरुले सुख्खडमा चोकमा प्रदर्शन गरेका हुन। प्रचण्डले राष्ट्रिय स्वाधिनता विरुद्ध बोलेको विद्यार्थीहरुको आरोप छ।

उनीहरूले ‘हाम्रो देश हाम्रो स्वाभिमान प्राण भन्दा प्यारो छ, भारतीय कम्फटेबल सरकार चाहिँदैन, हाम्रो लिपुलेक हामीलाई दे तिम्रो प्रचण्ड लैजा लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। आन्दोलनमा नेकपा ओली समूहको अनेरास्ववियू र राष्ट्रिय युवा संघ कैलालीको सहभागीता रहेको छ।



सम्बन्धित
Loading...