पश्चिम नवलपरासी प्रहरीद्वारा एक लाख बढीको अवैध सामान बरामद
पश्चिम नवलपरासीको विभिन्न स्थानबाट प्रहरीले एक लाख बढीको ६ वटा बाख्रासहित अबैध मालसामान बरामद गरेको छ । जिल्लाको बर्दघाट नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाबाट एक लाख ७६ हजारा मुल्य बराबरको बाख्रा सहित अवैध मालसमान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।
भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवैध ६ वटा बाख्रा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले पाल्हीनन्दन १ बाट बरामद गरेको छ । बरामद गरीएका बाख्रा ५४ हजरा मुल्य बराबरको रहेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय अमानिगँजबाट खटिएको प्रहरी टोलीले पिकअप गाडीको गियर २ वटा र हरापत्ता सरफ १०२ किलोग्राम पाल्हीनन्दन २ भक्सीपुबाट बरामद गरेको छ । बरामद गरीएका उक्त सामान ५८ हजार ९ सय ७६ मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।
यस्तै, जिल्लाको बर्दघाट नगरपालिका–४ त्रिवेणी चोकबाट ६४ हजार मुल्य बराबरको अवैध सामान ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले बरामद गरेको छ । बरामद २ बोरामा ६४ सेट कुर्था सुरवालको कपडा रहेको छ ।
बरामद गरीएका सबै सामान आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।
