नवलपरासीमा दुईवटा ट्रक एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु


 



नवलपरासी, १८ फागुन । पुर्वी नवलपरासीको देवचुली–२ दुम्कौली चोकमा गए राति दुई वटा ट्रक एक आपसमा ठक्कर खाँदा दुई जनाको निधन भएको छ ।

पूर्वबाट पश्चिम आउँदै गरेको ना ७ ख ७०२३ नम्बरको ट्रक र पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ३०११ नं को ट्रक एक आपसमा ठक्कर खाँदा दुई वटा ट्रकको चालकको निधन भएको हो ।




निधन हुनेमा मकवानपुर घर भएका वर्ष ३४ का रामकुमार न्यौपाने र कास्की घर भएका वर्ष ५१ का खिम बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा दुबै ट्रकका सहचालक बबई गाउँपालिका ६ दाङका २३ बर्षीय घनश्याम खड्का र बन्दीपुर गाउँपालिका ३ तनहुँका १८ वर्षीय विश्वास शाही गम्भीर घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
मृतकको शव मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=_2CMtRk4tl8

 



सम्बन्धित
Loading...