१५ वर्षपछि फरार अभियुक्त पक्राउ


सुर्खेत ।  दैलेख प्रहरीले बहुविवाह मुद्दाका फरार अभियुक्तलाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।



सदरमुकाम समेत रहेको नारायण नगरपालिका–६ का  टेकराज केसी र उनकी  कान्छी श्रीमती तृती केसीलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । ‘




उनीहरुलाई सोमबार पक्राउ गरिएको हो’ डिएसपी अनुपम श्रेष्ठले भने । बहुविवाह कसुरमा दैलेख जिल्ला अदालतले २०६२ माघ ९ गते दुई वर्ष कैद सजाय तोकेको थियो ।

पक्राउ परेका दुई जनालाई कैद भुक्तानीका लागि दैलेख जिल्ला अदालतमा उपस्थित गराइएको र कारागार चलान गरिएको श्रेष्ठले जानकारी दिए ।



सम्बन्धित
Loading...