राष्ट्र बैंकका डेपुटी गभर्नरद्वयको अवकाश
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज दुईजना डेपुटी गभर्नरहरुको बिदाई गर्दैछ । ५ वर्षे कार्यकाल सकिएपछि डेपटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले आजबाट अवकाश पाउन लागेका हुन् ।
आजबाट बिदाई हुन लागेका डेपुटी गभर्नरका लागि नेपाल राष्ट्र बैंकले मेरियट होटलमा बिदाई रिसेप्सनको आयोजना गर्दैछ ।
साँझ ६ बजे यस्तो कार्यक्रम आयोजना गरिएको राष्ट्र बैंकका सह प्रवक्ता नारायण पोखरेलले जानकारी दिए । उनले राष्ट्र बैंकमा लामो समय सेवा गरेबापत डेपुटी गभर्नरहरुलाई सम्मान तथा बिदाई गर्न उक्त कार्यक्रम आयोजना गरेको बताए ।
पाँचतारे होटलमा कार्यक्रम आयोजना भए पनि बिदाई समारोह धेरै भब्य भने नहुने पोखरेलले जानकारी दिए ।
२०७२ साल फागुन १८ गते शिवाकोटी र श्रेष्ठलाई सरकारले डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका दुवै जनालाई तात्कालिन केपी ओली सरकारले नै नियुक्त गरेको थियो । नियुक्त भएकामध्ये शिवाकोटी वरिष्ठतामा पहिलो थिए ।
