पूर्वमन्त्रीबाट १५ लाख रुपैयाँ हिनामिना


पूर्व पर्यटन राज्यमन्त्री याङकिला शेर्पा लगायत ३ जनाले नेपाल पर्वतारोहण संघको १५ लाख ४४ हजार ७९३ रुपैयाँ हिनामिना गरेको खुलेको छ । संघ स्रोतका अनुसार २०७२ माघ १९, २० र २१ गते पोखरामा भएको विश्व शान्ति महायज्ञको समयमा संकलित रकम हिनामिना भएको हो ।



पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपहिरो आयोजित पुजाका अध्यक्ष पूर्वराज्यमन्त्री याङकिला शेर्पा, अर्थसमिति संयोजक, जिम्वा जाङबु शेर्पा र कोषाध्यक्ष फुर्वा सोना शेर्पाले उक्त रकम संघमा दाखिला नगरी हिनामिना गरेको पाइएको हो ।




पुजा सम्पन्न भए पछि बुझाइएको रिपोर्टमा रकम बचत रहेको उल्लेख भए पनि संघलाई भने उक्त रकम जिम्मा नदिई हालसम्म हिनामिना गरेको संघले जनाएको छ ।

रकम बुझाउन भन्दै संघले चौथो पटक ताकेता पत्र काटेको छ । यता पुर्व पर्यटन राज्यमन्त्री याङकिला लगायत तीनै जनाले २०७७ मंसिर २३ गते भने आफुहरुले सबै रकम जम्मा गरि सकेको भन्दै पत्रको जवाफ दिएको छ । तर संघले भने रकम जम्मा भएको कुनै पनि प्रमाण र आधार नभएको भन्दै अस्वीकार गरेको छ ।



सम्बन्धित
Loading...