इलाममा सडेको अवस्थामा पुरूषको शव फेला


इलाममा एक पुरूषको शव फेला परेको छ। जोरपाखरी जाने सडकमा एक जना पुरूषको शव बुधबार बिहान फेला परेको छ।

 



माई नगरपालिका वडा नम्बर ८ मा पर्ने एक खोल्सामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो। शव सडेको अवस्थामा फेला परेको छ।




इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुबनारायण श्रेष्ठका अनुसार शव करिब ६० वर्षको वृद्धको हो। कमेज र सुरूवाल लगाएका ती मानिस को हुन् भन्ने पहिचान खुलेको छैन।

घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। मैनाचुली सामुदायिक वनभित्र घाँसदाउरा लिन गएका गाउँलेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।



सम्बन्धित
Loading...