नारायणगढ–मुग्लिङ सडक दैनिक साढे ४ घण्टा बन्द हुने




भरतपुर । नारायणगढ–मुग्लिङ सडक खण्ड फागुन २३ गते देखि दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ ।

यस खण्डको चार किलोमा पहिरो रोकथामको बाँकी काम हुने भएकाले फागुन २३ गते देखि २९ गते सम्म सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।




बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । यस समयमा दुईतर्फी आवागमन नै अवरुद्ध हुने भएकाले सकभर बैकल्पिक बाटो प्रयोग गर्न उनले आग्रह गरेका छन् ।

यस अवधिमा नारायणगढ तर्फबाट गएका सवारी साधनहरु जलबिरे र मुग्लिङ तर्फबाट आउने सवारी साधनलाई मुग्लिङ नजिक शान्तिबजारमा रोकिने उनले बताए ।

https://www.youtube.com/watch?v=P9_Qa5kSdGg&t=1553s



सम्बन्धित
Loading...