विप्लवको अवतरण
पछिल्लो समयमा नेपाली राजनितीमा तिब्रताका साथ घटना क्रमहरु अगाडि आई रहेका छन । नेपालमा पहिलो पटक अत्याधिक बहुमत ल्याएर बनेको कम्युनिष्ट पार्टीको सरकारले अनायासै पार्टी फुटाउने विधयक ल्यायो र विना सल्लाहा सुझावको राष्टूपतिले तुरुन्त सदर गरि दिएको घटना पछि देशका सबै जसो राजनैतिक पार्टीहरु र नागरिक समाजका अगुवाहरुको ब्यापक विरोधका कारण सरकारले त्यो विधयक फिर्ता लियो ।
यो घटना पछि नेपाली राजनितीमा तीब्र गतिमा राजनैतिक घटनाक्रमहरु अगाडि आएका छन् । नेपालमा पहिलो पटक अत्याधिक बहुमत ल्याएर बनेको केपी ओली नेतृत्वको वर्तमान कम्युनिष्ट पार्टीको सरकारले अचानक अत्याधिक बहुमत रहेको संसद विघटन ग¥यो । भारी मत पाएर सत्तामा पुगेको अवस्थामा आफ्नै बहुमतको प्रतिनिधी सभा प्रधानमन्त्रीले विघटन गरे पछि नागरिक समाज र राजनैतिक क्षेत्रमा ब्यापक विरोध भयो ।
राजनैतिक पार्टीहरु सहित नागरिक समाजको ब्यापक विरोधका बीच न्यायालयले प्रधानमन्त्रीले प्रतिनिधी सभा विघटन गरेको निर्णय खारेज गरि दिए पछि देशमा शुरु भएको आन्दोलन रोकिएको छ तर राजनैतिक घटना क्रमले तिब्रताका साथ नयां मोड लिने क्रम भने राेिकएको छैन ।
यसैबीच माओवादी जनयुद्धले अपुरा छाडेको राजनैतिक कामहरुलाई आफूहरुले बन्दुकको बलमा नै स्थापित गर्ने भन्ने योजनाका साथ विद्रोहको बाटो समातेको कमरेड विप्लव नेतृत्वका नेकपा अचानक खुला राजनिती ब्यवस्थामा आउनु पनि नेपाली राजनैतिक ईतिहासमा एउटा नयां परिघटना हो ।
विप्लवको अचानक र यस्तो परिस्थितीमा विद्रोहको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिको अवतरणको आवश्यकता किन पर्यो ? उहांले घोषणा गरेको एकीकृत क्रान्तिको यात्रा कहाँ पुग्यो ? यही संसदीय व्यवस्थामा आउनु थियो भने हिजोको बाटो के थियो ? सहि थियो कि गलत ? सहि थियो भने अहिले यो अवतरण किन गरेको ? गलत थियो भने उहांको एकीकृत क्रान्तिको बाटोमा लागि ज्यान गुमाउनेहरु र वहांका परिवारहरुसंग विप्लवले माफी माग्नु पर्ने कि नपर्ने ? विप्लवको राजनैतिक अवतरणले धेरै प्रश्न उठाउका छन् ।
