देवचुली १३ वडा कार्यालय उद्घाटन
- कृशला सापकाेटा –
पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका १३ काे वडा कार्यालयकाे शनिबार उद्घाटन गरिएकाे छ । वडा कार्यालय दलदले बाैलाहा खाेला नजिकै स्थापना गरिएकाे हाे ।
वडा कार्यालय उद्घाटनसँगै देवचुली १३ ले आफ्नै वडाबाट कार्यालय सञ्चालन गरिएकाे वडा अध्यक्ष क्याप्टेन डिलबहादुुर खत्रीले बताए ।
वडाकार्यालयकाे नगर प्रमुख पूर्णकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।
नगरप्रमुख श्रेष्ठले वडा कार्यालय निमार्ण गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगी ब्यक्तिहरुलाई सम्मान समेत गरेका थिए । श्रेष्ठले देवचुली नगरपालिका अन्य नगरपालिकाको तुलनामा आयस्रोतमा कमजोर रहेको बताए ।
कार्यक्रममा बाेल्दै नगरउपप्रमुख पार्वता तिवारीले नगरपालिका अब केही वडाकाे मात्र कार्यालय स्थापना बाँकी रहेकाे र ती पनि छिट्टै स्थापना गरिने बताईन। कार्यक्रममा वडा कार्यालय भवन निर्माण र स्वास्थ्य चाैकी भवन निर्माणका लागि जग्गा दान गर्ने दाताहरूलाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रमका अध्यक्ष एंवम् वडा अध्यक्ष क्याप्टेन डिल बहादुर खत्रीले ४ बर्षसम्म वडाले गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडामा भएका विकास तथा लगानीका विषयमा जानकारी गराएका थिए ।
वडाले ४ वर्षको अवधिमा भौतिक पुर्वाधार विकासमा १ करोड ७१ लाख, वातावरण तथा विपद् ब्यवस्थापनमा ४१ लाख, नगरस्तरिय योजना अन्तर्गत वडामा १ करोड धेरै खर्च गरिएको वडाअध्यक्ष क्याप्टेन खत्रीले बताए ।
कार्यक्रममा वडा भवन निर्माणका लागि जग्गा प्रदान गर्ने जग्गादाताहरु, जग्गा खोजकर्ताहरुलाई सम्मान गरिएको थियो भने विभिन्न जातजातिको संस्कृति झल्कने नाँच गान तथा झाँकि समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न सामाजिक संघसंसस्थाका अध्यक्ष एंव प्रतिनिधि, वडावासीहरुको उपस्थिती रहेको थियो ।




