देवचुलीमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सम्मान
नवलपरासी । नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिकामा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाहरुलाई सम्मान गरेको छ ।
देवचुली नगरपालिका वडा नम्बर २ का ७० जना जेष्ठ नागरिक ,अपाङ्गता भएका व्यक्ती र एकल महिलाहरुलाई सम्मान गरिएको हो ।
वडा नम्बर २ का भित्रका जेष्ठ नागरिक, एक महिला तथा अपाङ्गता भएका व्यक्ती गरि ७० जनालाई न्यानो कपडा दिएर सम्मान गरिएको वडा नम्बर दुई का वडा अध्यक्ष माधव केसीले जानकारी दिए ।
दिव्य युवा समूहको भवनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको महिला वडा सदस्य दुर्गा अधिकारीले सहजिकरण गरेका थिए ।
