एकातिर महिला दिवस अर्कोतिर महिला हिंसा


चितवन । आज १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवस र राष्ट्रिय नारी दिवस मनाइरहँदा स्वयम् नारीहरु नै गम्भीर प्रकृतिका फौजदारी र घरेलु हिँसाबाट पीडित हुने गरेका छन् । चितवन जिल्ला शिक्षित र वौद्धिक वर्गहरुको बसोवास गर्ने स्थानको उपमा पाएपनि यही जिल्लामा नारीहरुलाई गरिने व्यवहारमा सकारात्मकता आउन सकेको छैन ।



जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको फागुन १२ सम्ममा मात्रै चितवनमा ६९ वटा घरेलु हिंसा सम्बन्धी उजुरी परेको छ । जसमा खान लाउन नदिएको भन्दै २२ वटा, कुटपिट भयो भनी २९ वटा र गाली बेइजति भएको भनी १८ वटा उजुरी दर्ता भएका छन् ।




जसमा जबरजस्ती करणीमा ३४, जबरजस्ती करणी उद्योगमा ५, बहुविवाहमा ११ र बालयौन दुराचारमा ५ वटा मुद्दा दर्ता भएको छ । जिल्लाको दुरदराजको ठाउँमा भन्दा भरतपुर महानगरमा यी घटना धेरै हुने गरेको पाइन्छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, डिएसपी सूर्य थापाले महिला हिंसा तथा घरेलु हिंसाका घटनाहरु बढी भएको देखिने बताउनुभयो । सबै शिक्षित भएपनि हिंसाका घटना बढेको पाइने उहाँको भनाई छ ।

दिवसमा आफ्नो अधिकार स्थापित गर्न नयाँ सोचमा बहस गर्नुपर्ने भएपनि नारीमाथि भइरहेको अत्याचारकै विषयमा अझै घोत्लीनु परेको छ । कानूनले महिला र पुरुष बरावरी हो भनेपनि व्यवहारमा त्यो पाइदैन । संविधानले दिएको अधिकार कति कार्यान्वयन भयो कति भएन भन्ने अध्ययन गर्ने काम सरकारको हो तर सरकार सत्ताको खेल र कुर्चीको दौडमा भएकाले पनि घटना बढिरहेको बताउनुहुन्छ अधिवक्ता फूलमाया रानाभाट ।



सम्बन्धित
Loading...