शिक्षा मन्त्रालयका कर्मचारीकाे जिम्मेवारी हेरफेर


काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतमा कार्यालयहरुमा कार्यरत कर्मचारीको जिम्मेवारीलाई हेरफेर गरेको छ ।



शिक्षामन्त्रालयका शिक्षा सहसचिव दीपक शर्माका अनुसार नियमित प्रक्रिया अनुसार कर्मचारीहरुको जिम्मेवारीमा हेरफेर गरिएको हो ।




शिक्षा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाको जिम्मेवारी सहसचिव दीपक शर्मालाई दिइएको छ भने सोही मन्त्रालयको प्राविधिक महाशाखाको जिम्मेवारी केही समयअघि बागमती प्रदेशबाट सरुवा भएर मन्त्रालय आएका सहसचिव डा. हरि लम्साललाई दिइएको छ ।

त्यस्तै, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक महानिर्देशक केशव दाहाललाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सरुवा गरिएको छ भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक अणप्रसाद न्यौपानेलाई पाठ्यक्रम विकास केन्द्रको महानिर्देशक बनाइएको छ ।



सम्बन्धित
Loading...