बुटवलको मोतीपुरमा यसकारण लखेटिएका थिए अर्थमन्त्री र उद्योगमन्त्री


बुटवल । तनावपूर्ण अवस्थाका बीच शुक्रबार प्रस्तावित मोतीपुर औद्योगिक करिडोर निर्माण शिलान्यास भए पनि स्थानीयबासी र सरकारबीचको विवाद साम्य हुन सकेको छैन ।



स्थानीयवासीका मागलाई सम्बोधन नगरी सरकारले जबरजस्ती करिडोरको काम अगाडि बढाउने तयारी  गरेपछि स्थानीयवासी र सरकारबीचको द्वन्द्व थप चर्कने अवस्थामा पुगेको छ ।




२०७१ सालमा मन्त्रिपरिषद् बैठकले सबै प्रदेशमा प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माण गर्ने अवधारणा ल्याएअनुसार रुपन्देहीको मोतीपुरमा बन्न लागेको औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण गर्ने विषयमा सुरुदेखि नै विवाद देखिएको थियो ।

उक्त विवाद सल्टाउनुको सट्टा सरकारले जबरजस्ती शिलान्यास गर्ने मुड बनाएपछि स्थानीयवासीमध्ये झन्डै ४ सय घरपरिवारले आन्दोलनको तयारी गरेका छन् ।



सम्बन्धित
Loading...