ढोकामा प्रधानमन्त्री प्रस्ताव, झ्यालबाट नियाल्दैछन् देउवा !




२० फागुन, काठमाडौं । ‘प्रधानमन्त्री पदले नेपाली कांग्रेसको ढोका ढकढक्याइरहेको छ, तर हामीले ढोका खोलेर प्रस्ताव स्वीकार गरिसकेको अवस्था छैनौं । संयमतापूर्वक झ्यालबाट हेरिरहेका छौं‘, सत्तारुढ नेकपा विभाजित भएसँगै तानातानमा परेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका माथिका भनाइले पार्टी सभापति शेरबहादुर देउवाको मनस्थिति बुझ्न पर्याप्त छ ।

संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेकपाको प्रचण्ड-माधव समूहले कांग्रेस र जनता समाजवादी पार्टीलाई संयुक्त सरकार गठनको प्रस्ताव राखेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले भने, ‘कांग्रेस र जसपा नेतृत्वलाई भन्न चाहन्छु, बैठक बसौं । सहकार्य गरौं, हामी सबै विकल्पमा तयार छौं ।’



सम्बन्धित
Loading...