पशुपतिमा महा शिवरात्रीको तयारी
महा शिवरात्रीको अवसरमा भोलि पशुपतिनाथमा लाखौंको संख्यामा आउने दर्शनार्थीलाई सकेसम्म भौतिक दुरि कायम गर्दै स्यानिटाईजर र माक्सको प्रयोगलाई अनिवार्य गरिएको छ।
भक्तजनहरुको दर्शनकालागि बिभिन्न स्थानमा लाईन बस्ने व्यवस्था मिलाईएको छ। जसअनुसार मित्रपार्क, गौरीघाट, उमाकुण्ड, दक्षिणमूर्ति हुदैं रुद्र गाडेश्वर उत्तर ढोकाबाट एकलाईन जाने व्यवस्था
मिलाईएको छ। यसैगरी जयवागेश्वरी, ईटापाखा भएर भुवनेश्वरीस्थित फलामको ढोका हुँदै पश्चिम ढोकाबाट अर्को लाईन बस्ने व्यवस्था छ। यस्तै बत्तिसपुतली, गौशाला, एयरपोर्ट तीलगंगा भएर पिङ्गलास्थान हुँदै सुमार्गी भवन अगाडिबाट चार शिवालय, पन्चदेवल हुँदै दक्षिण ढोकाबाट अर्को लाईन रहने छ। बाहिरी रुपमा ३ स्थानबाट दर्शन लाईनहरु रहने पशुपति विकास कोषले जनाएको छ। तिलगंगा राममन्दिरतर्फ समेत आवश्यकता अनुसार एक लाईन हुनेछ।
नित्य दर्शनका लागि बिहान ७ बजे भित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाईएको छ।भुवनेश्वरीमा एक स्थायी जुत्ताचप्पलको व्यवस्थाका अतिरिक्त दर्शन लाईनलाईनलाई पायक पारेर विभिन्न ५ ठाँउमा जुत्ता चप्पल राख्ने व्यवस्था मिलाईएको छ।
