हिटर बालेर सुत्दा निसासिएर १ जनाको मृत्यु
धनगढी, फागुन २७ –
बैतडीमा हिटर बालेर सुतेका बेला निसासिएर १ जनाको मृत्यु भएको छ।
जिल्लाको शिवनाथ गाउँपालिका–३ पुडिलका ३५ वर्षीय राजसिंह साउँदको निसासिएर मृत्यु भएको हो ।
बुधवार राति बन्द कोठा भित्र हिटर बालेर सुतेका साउँद र उनकी भतिजी २० वर्षीया सरिता बेहोस अवस्थामा बिहीवार बिहान फेला परेका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए। ।
स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनीहरुलाई डडेल्धुरा लैजादै गर्दा राजसिंहको मृत्यु भएको हो । भतिजी सरिताको डडेल्धुरामा उपचार भइरहेको छ।