८ लाख नेरु र भारु सहित कुर्मी पक्राउ
वीरगंज महानगरपालिका ६ स्थित जय माँ अम्बे ट्रेडर्सबाट स्रोत नखुलेको ७ लाख ७५ हजार ४ सय ७० नेपाली रुपैयाँ र ७ हजार ४ सय भारतीय रुपैयाँ सहित सोही ट्रेडर्समा काम गर्ने बारा कलैया उपमहानगरपालिका २३ ठेगाना भएका ३८ वर्षीय जयराम राउत कुर्मीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त स्रोत नखुलेको रुपैयाँ तथा बल्लु राजको नाममा जारी भएको २ लाख रुपैयाँ लेखिएको १ थान चेक र राम प्रसाद पटेलको नाममा जारी भएको ५ लाख ६० हजार रुपैयाँ लेखिएको १ थान चेक सहित फेला पारी पक्राउ गरेको हो ।
कुर्मी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्वको कसूरमा अनुसन्धान भइरहेको तथा हाल फरार रहेका उक्त ट्रेडर्सका सञ्चालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
