उच्च शिक्षामा टप गरेकि पहिलो महिला डेपुटी गभर्नर
नेपाल राष्ट्र बैंकको स्थापना २०१३ सालमा भएको हो। नेपाल सरकारको प्रमुख बैंकमा रहेको यस बैंकमा पहिलो गभर्नरका रुपमा हिमालय शमशेर राणाले कार्य गरेका थिए भने हालसम्म कयौं व्यक्तिले गभर्नरका हैसियतले कार्य सम्पन्न गरेका छन। ती सबै गभर्नर पुरुष नै भएका छन। हालसम्म १ जना महिला पनि नेपालमा गभर्नर भएका छैनन्। अझ हालसम्म डेपुटी गभर्नर समेत महिला नहुनु अचम्मकै स्थिति रहेको थियो।
यसैक्रममा नेपाल सरकारद्वारा हालै नेपाल राष्ट्र बैंककी पहिलो डेपुटी गभर्नरमा नियुक्त नीलम ढुंगाना तिम्सिना नेपाल राष्ट्र बैंककि विशिष्ट श्रेणीकी कर्मचारी हुन। उनि नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागकी कार्यकारी निर्देशक पदमा कार्यरत रहेकि थिईन।
२०२५ साल मंसिर १४ गते झापाको दमकमा जन्मिएकि निलमका बुवा जिल्ला शिक्षा कार्यालयमा तथा आमा शिक्षिकाका रुपमा कार्यरत थिए। उनले आईकमतथा एमबिएमा संकायमै सर्वोत्कृष्ट अंक हासिल गरेकि थिईन। उनले त्रिभुवन विश्वविद्यालयमा महिला तर्फबाट उत्कृष्ट अंक ल्याई स्वर्ण पदक पनि पाएकी थिईन। अध्ययन समाप्तिपछि उनले क्याम्पसमा एकाउण्ट र अर्थशास्त्र विषयको अध्यापन गरेकि थिईन। ।
