माओवादी केन्द्रले पुरानै संगठन ब्युँताउने


काठमाडौं । नेकपा माओवादी केन्द्रले पुरानै संगठनलाई ब्युँताउने गरी छलफल अघि बढाएको छ । नयाँ परिस्थितिअनुसार सांगठनिक कामलाई पूर्णता दिन बनेको माओवादी केन्द्रको चार सदस्यीय कार्यदलको पहिलो बैठकमा पुरानै संगठनलाई ब्युँताउनेबारेमा छलफल अघि बढेको हो ।



बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा झण्डै चार घण्टा बसेको पहिलो बैठकमा कार्यदलका सदस्यहरुले संगठनात्मक क्षेत्रमा गर्नुपर्ने व्यवस्थापनका कामका बारेमा आ–आफ्ना धारणा प्रस्तुत गरेको कार्यदल सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए ।
‘पहिलो बैठकमा कार्यदल सदस्यहरुले आ–आफ्ना धारणा राख्नुभयो ।

त्यसमा विभिन्न विषयहरु परेका छन् । भोलि अर्को बैठक बसेर थप खाका बन्नेछन्’, पोखरेलको भनाइ छ ।बुधबार बसेको माओवादी स्थायी समितिको बैठकले नेताहरु जनार्दन शर्मा, पम्फा भुषाल, वर्षमान पुन र गिरिराजमणि पोखरेल सम्मिलित कार्यदल गठन गरेको थियो ।

 



सम्बन्धित
Loading...