मकवानपुरमा चोरी, चितवन लगेर लुकाईयो मोटरसाइकल
मकवानपुर मनहरी गाउँपालिका–९ बस्ने २५ वर्षीय सरोज कुमार श्रेष्ठको हेटौंडा उपमहानगरपालिका–२ चौकी टोलस्थित सडकमा पार्किङ गरी राखेको मोटरसाइकल आइतबार राति हरायो । लगत्तै उनले प्रहरीलाई आफ्नो मोटरसाइकल हराएको खबर खबर गरे ।
सूचनासँग सडक छेउमा पार्किङ गरी राखेको ना ४८ प २५७५ नम्बरको मोटरसाइकल चोरी भएको निश्कर्षमा पुगेर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट टोली खटियो ।
मोटरसाइकल खोज्दै जाँदा चितवन भरतपुरमा लुकाईएर राखेको अबस्थामा उक्त मटरसाइकल फेला फेला पर्यो । प्रहरीले मंगलबार भरतपुर महानगरपालिका–११ बस्ने २१ वर्षीय विजय बोहरालाई उक्त मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरेको छ ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
