पत्रकार वावु सुरेशको सहयोगार्थ ‘कालो पोथी’को च्यारेटी




दुर्घटनामा परेर घाइते भएका रंग पत्रकार बाबु सुरेश डीसीको उपचार सहयोगका लागि चलचित्र पत्रकार संघ, नेपालले बुधबार चलचित्र ‘कालो पोथी’को च्यारेटी आयोजना गरेको छ । चलचित्र पत्रकार संघ, नेपालले काठमाण्डौको सिभिल मलमा रहेको क्यूएफएक्स हलमा च्यारेटी शोको आयोजना गरेको हो ।

च्यारेटीबाट ५ लाख ५८ हजार रकम संकलन भएको चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष दिनेश सिटौलाले जानकारी दिए । संकलित रकम बाबु सुरेशको परिवारलाई चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले हस्तान्तरण गरेका थिए ।






सम्बन्धित
Loading...