पाँच वर्षमा पनि बनेनन् दुई पुल


महाकाली करिडोर अन्तर्गत पर्ने दार्चुला तिङ्कर सडक खण्डको लास्कु र नजाङगाड खोलामा मोटरबेल पुल निर्माण शुरु भएको पाँच वर्ष भयो ।

 



सो सडक खण्डको मुख्य क्षेत्रमा पर्ने यी दुई पुल निर्माण समयमै नहुँदा  सडक खण्ड वर्षात्मा सडक अवरुद्ध हुँदै आएको छ ।झण्डै दुई वर्षभित्रै निर्माण सक्नुपर्ने पूल निर्माण पाँच वर्षपछि मात्रै अन्तीम चरणमा पुगेको छ । पुल निर्माणमा भएको ढिलाइले सर्वसाधारणले समेत सास्ती भोग्नुप¥यो । पुल निर्माण नहुने तर पटकपटक म्याद थपेको थप्यै गर्दा स्थानीयवासीले आवतजावतमै समस्या भोग्नुपरेको  बताएका छन्  ।

महाकाली– १ का स्थानीयवासी दानीराम लुहारले भने,“अहिले आएर पुल निर्माणले गति लिएको देख्दा पुल बन्छ भन्ने आशा छ ।”निजाङगाड खोला पुलमा राजेन्द्र मालिकार्जुन जेभीसँग २०७२ फागुन ५ गते निर्माण सम्झौता गरी २०७४ जेठ ४ गते सक्ने लक्ष्य थियो । सो पुल कूल रु दुई करोड ४६ लाखको लागतमा निर्माण गर्ने सम्झौता भएको हो ।



सम्बन्धित
Loading...