जसपाका शीर्ष नेतालाई ओलीले बोलाए बालुवाटार


काठमाडौं । सत्ता समीकरणबारे दलहरुबीच छलफल चलिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेतालाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् । अपराह्न ५ बजे जसपाका शीर्ष नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने भएका हुन् ।



जसपा नेपालका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई बालुवाटार जाने भएका हुन् ।जसपा नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्रीसँग भेटवार्ताका लागि पाँच शीर्ष नेतासहित वार्ता कार्यदलका सदस्य पनि भेटवार्तामा सहभागी हुने रातोपाटीलाई बताए ।जसपाले सत्ता सहकार्य र रेशम चौधरीको रिहाइसहितका विषयमा छलफल गर्ने बुझिएको छ ।




यसअघि पनि जसपाका नेताहरुले यो विषयमा प्रधानमन्त्रीसँग एक चरण छलफल गरिसकेका छन् ।जसपा नेपालले सत्ता सहकार्यका लागि अहिलेसम्म आफ्नो प्रस्ट धारणा सार्वजनिक गरिसकेको छैन । सो पार्टीका नेताहरु प्रधानमन्त्री ओली र ओली इतर गठबन्धन गरी दुवैतिर निरन्तर छलफल र संवादमा छन् ।



सम्बन्धित
Loading...