कांग्रेस पदाधीकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस पदाधीकारी बैठक आज बस्दैछ । दिउँसो ३ बजे पार्टी सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
बैठकमा वर्तमान राजनीतिक परिस्थितीमा कांग्रेसको भुमिकाको विषयमा छलफल हुने जनाइएको छ । यस्तै, देउवा–प्रचण्डको भेटमा भएका छलफलका विषयमा समेत कुराकानी हुने जानकारी दिइएको छ । यता, पौडेल समूहको बैठक आज बिहान महामन्त्री शशांक निवास महारजगञ्जमा बसेको थियो ।
