अमेरिकीमा नेपाली उबर ड्राइभरमाथि हातपात गर्ने युवती प्रकाउ
अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली उबर ड्राइभरलाई हातपात गर्ने महिला पक्राउ परेकी छन्।सान फ्रान्सिस्को प्रहरीका अनुसार नेपाली उबर ड्राइभर शुभाकर खड्कालाई गत आइतबार हातपात गर्ने २४ वर्षीया मलेसिया किंगलाई बिहीबार पक्राउ गरिएको हो।
घटनामा संलग्न अर्की महिलाको पनि खोजी भइरहेको छ। ती महिलाले आफू अधिकारीसामू उपस्थित हुने सन्देश वकिलमार्फत् पठाएकी छन्।ललितपुरका खड्का आठ वर्षअघि अमेरिका गएका थिए। उनी सानफ्रान्सिस्को शहरमा गत आइतबार यात्रुको दुर्व्यवहारमा परेका थिए।
उनको गाडीमा चढ्न आएका तीन जना महिलामध्ये एकले मास्क लगाएकी थिइनन्।मास्क नलगाएकी उनलाई खड्काले मास्क लगाउन भने। मास्क किन्न उनले एउटा ग्यास स्टेशनमा गाडी रोके।उबरको मापदण्डअनुसार हरेक यात्रुले मास्क अनिवार्य लगाउनु पर्छ। त्यही भएर खड्काले मास्क लगाउन जोड दिएका थिए।
