थापासहित माओवादी केन्द्रबाट आएका २३ जना एमालेको केन्द्रीय सदस्य




नेकपा ‍एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आफूतिर आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

बुधबार वालुवाटारमा बसेको आफू पक्षीय केन्द्रीय कमिटि बैठकले गृहमन्त्री रामबहादुर थापा बादलसहित माओवादी केन्द्रका आएका २३ जना नेतालाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको हो।




बैठकले बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभुसहित २३ जनालाई मनोनित गरिएको नेकपा एमालेका स्थायी कमिटी सदस्यले जानकारी दिए। एमालेको प्रवक्ताको जिम्मेवारी भने प्रदीप ज्ञवालीलाई दिइएको छ।

माओवादी केन्द्रका नेताहरुले आफ्नो सांसद पद गए पनि ओलीलाई साथ दिने बताएपछि ओलीले केन्द्री कमिटीमा मनोनयन गरेका हुन्।

https://www.youtube.com/watch?v=BJICR96jcfE



सम्बन्धित
Loading...