गैडाकोटको दुई वटा वडा कार्यालय आफ्नै भवनमा
नवलपुर, २८ फागुन ।
पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकाको वडा नंं १० र ११ को वडा कार्यालयले शुक्रबारदेखि आफ्नै कार्यालयबाट सेवा शुरु गरेको छ ।
गैँडाकोट १० र ११ को संयुक्त वडा कार्यालयको गैडाकोट नगरप्रमुख छत्रराज पौडेलले उद्घाटन गरेसँगै शुक्रबारबाट आफ्नै वडा कार्यालय भवनबाट कार्यालयले काम शुरु गरेको हो ।
नगरप्रमुख पौडेलले समृद्ध नगरपालिका निर्माणमा यो भवनले ठूलो सहयोग पुर्याउने र सवैलाई पायक पर्ने ठाउँ हुँदा जनताले सहजै सेवा पाउने विश्वास व्यक्त गरे ।
गैंडाकोट १० का वडाध्यक्ष देविदत्त कंडेलले हालसम्म १ करोड १९ लाख बजेटमा गैडाकोट ११ को भेडावारी चोकदेखि दक्षिण तर्फ रहेको कुल २ हजार ३ सय ५८ दशमलव ५५ स्वाइयर मिटर जग्गा रहेकोमा २७५ स्वाइयर मिटरमा भवन बनेको बताए ।
भवनको पूर्ण निर्माण भने २०७७ साल असार मसान्त सम्म सक्ने लक्ष्य राखिएपनि कोभिड १९ का कारण काम बाँकी रहेको हो । पुरै भवन निर्माण सम्पन्न गर्न २ करोड १९ लाख लागत अनुमान गरिएको थियो ।
https://www.youtube.com/watch?v=P9_Qa5kSdGg&t=1559s
