पानी जमेको कल्भर्टमा पुरुषको शव फेला
धनगढी, फागुन २९
कैलालीको गोदावरी नगरपालिका–५ गेटा स्थित सडकको छेउको पानी जमेको कल्भर्टमा एक पुरुषको शव फेला परेको छ ।
मोहनापुल–अत्तरिया ६ लेन सडक छेउमा एक आज बिहान स्थानीयवासीले खाल्डोमा तैरिएका अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
अहिले घटनास्थल पुगेको प्रहरी टोलीले शवलाई पानीबाट निकालेको छ।
मृतक पुरुषको परिचय खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
