सरावल अध्यक्ष गोल्डकप फुटबलको उपाधि वडा नम्बर ३ लाई
चैत १ । पश्चिम नवलपरासीको सरावलमा भएको अध्यक्षकप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेको छ ।
फाईनल खेलमा वडा नम्बर २ लाई शुन्यका विरुद्ध १ गोलले हराउँदै ३ नम्बर वडाले उपाधि जितेको हो ।
वडा नंं. ३ लाई उपाधि जिताउनका लागि गौतम चौधरीले एक गोल गरेका थिए ।
प्रतियोगितामा उपाधी जितेको वडा नम्बर ३ ले नगद ५१ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर २ ले ३१ हजार रुपैयाँ हात पारेको छ ।
प्रतियोगिताका विजेतालाई प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंण्डेलले पुरस्कार प्रदान वितरण गरेका थिए ।
