प्रथम बर्दघाट नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल प्रतियोगिता सुरु




बर्दघाट । बर्दघाट नगर स्तरिय राष्ट्रिपति रनिङ्ग शिल प्रतियोगिता आइतबारबाट शुरु भएको छ ।

बर्दघाट ४ बाढीपीडित स्थित नवजीवन माविमा शुरु भएको प्रतियोगिताको प्रदेश सांसद दिपेन्द्र अधिकारीले उद्घाटन गरेका थिए ।




अधिकारीले खेललाई रोजगारी र व्यवसायिकतासँग जोडेर विभिन्न खालका योजनाहरु अगाडि बढाउन तर्फ तीनै तहका सरकारले विषेश योजना अघि सारेको बताए ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्माको अध्यक्षतामा भएका भएको उद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याय, बर्दघाट नगरपालिका वडा नं. ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष श्रेष्ठ, गंगा माविका प्रधानाध्यापक रामविलास पौडेल, नवजीवन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम चालिसे लगायतले शुभकामना राखेका थिए ।

प्रतियोगितामा बर्दघाट नगरपालिकाका सामुदायिक र निजि विद्यालय गरी १६ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगिता ३ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

 



सम्बन्धित
Loading...