हुप्सेकोटमा आरोग्य सेवा केन्द्र




हुप्सेकोट । नवलपुरको हुप्सेकोट गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको छ । आईतबार सेवा केन्द्रको स्थापना गरिएको हो ।

जिल्ला आयूर्वेद स्वास्थ्य सेवा केन्द्र र हुप्सेकोट गाउँपालिकाको सहयोग तथा सहकार्यमा नागरिक आरोग्य सेवा केन्द्र संचालन हुने गरी स्थापना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा. सुजाता शर्माले बताइन् ।




आईतबार नागरिक आरोग्य सेवा केन्द्रको उद्धघाटन गरिएको हो । हुप्सेकोट गाउँपालिका वडा नम्बर १ मा सेवा केन्द्रको स्थापना गरिएको हो ।

आईतबारबाट शुरु गरिएको नागरिक आरोग्य सेवा केन्द्रबाट निशुल्क आधारभूत आर्युवेद सेवा, औषधी वितरण सेवा, जेष्ठ नागरिक आरोग्य सेवा, स्तनपायी कार्यक्रम, पूर्वकर्म, पंचकर्म लगायत योग, जीवनशैली लगायतका कार्यक्रम संचालन गरिने डा. शर्माले बताइन् ।
आरोग्य सेवा केन्द्रको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले उद्घाटन गरेकी थिइन् ।



सम्बन्धित
Loading...